
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन्। २ कम्पनीबीच आज मर्जर सम्बन्धि सम्झौता भएको हो ।
सम्झौतामा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट रतनलाल केडिया र प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर वराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सम्झौता भएको हो ।
मर्जर सम्झौता भएसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।
बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न छ ।