मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 08:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गते आइतबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुवै कम्पनी एक अपासमा मर्ज भएर हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए भने असार २ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । बीमा समितिले असार ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कमपनी रजिष्ट्रार कार्यालयले असार २३ गते स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको संयुक्त मर्जर कमिटिको असार २४ गते समपन्न बैठकले  साउन १ गते आइतबारदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो।

 मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस् (J. B. Rajbhadary & DiBins), चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Report (DDR) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको कम्पनीले जनाएको छ । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर पाउने छन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा "Himalayan Everest Insurance Limited" कायम हुने छ ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved