सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स मर्ज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 10:16:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड मर्ज हुने भएका छन्। २ कम्पनी बीच आज बिहान मर्जर सम्बन्धि सम्झौता भएको हो ।  

समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन्। दुवै कम्पनी मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । 

बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved