लुम्बिनी जनरल इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न,मर्जरको काम गर्ने अख्तियारी सञ्चालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 06:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा आज २०७९ साल आषाढ २९ गते काठमाडौंमा सम्पन्न भएको छ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको  लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो ।

त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पूंजी १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब कायम गर्ने, चुक्ता पूंजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरियो ।

त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४  सञ्चालक पदमा  विश्व राज रेग्मी,  मनोहर दास मुल,  अरुण राज श्रेष्ठ र उमेश रेग्मी  प्रतिनिधि लुम्बिनी बिकास बैंक लि.निर्बिरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतबाट गरियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved