सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 10:29:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो । 

 उक्त सहमति पत्रमा  सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।

बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved