अध्यक्ष र सीईओ टुंग्याउदै प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 06:36:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर तथा प्राप्तिमा गएका छन्। दुवै संस्थाबीच आज यस सम्बन्धमा हस्ताक्षर भएको हो। 

मर्जर तथा प्राप्ति पश्चात बन्ने संस्थाको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ। त्यस्तै मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अध्यक्षमा प्रभु लाइफबाट हुनेछन भने प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट हुनेछन। 

मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अध्यक्षमा प्रभु लाइफका सुवास अमात्य रहनेछन भने सीईओमा महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई रहनेछन। 

त्यस्तै संचालक समितिमा प्रभु लाइफबाट चार जना र महालक्ष्मी लाइफबाट तीन जना रहनेछन। 

यी दुई संस्थाहरु १ बराबर १ स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन्। आज असार ३० गते मात्रै दुवै संस्थाबीच  मर्जर सम्झौता भएको हो। संयुक्त मर्जर कमिटिको संयोजक चार्टड एकाउन्टेन्ट तथा नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष दिपक पाण्डे रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved