अब जडिबुटी खेतिको पनि बीमा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2022 | 04:42:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 बीमा समितिले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ यही २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरी जारी गरेको छ ।

सरकारले  २०७९÷८० को वार्षिक बजेटमा जडिबूटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरे अनुसार समितिले जडिबूटी बीमा समेत समावेश गरी कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ जारी गरेको हो ।

अब बीमा कम्पनीहरुले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडिबूटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशु सेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमालेखको हकमा अनुदान प्राप्त नहुने, बीमकले अनुदान प्राप्त नहुने बीमालेखको हकमा छोटो अवधिका लागि बीमालेख जारी गर्न सक्ने र कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।

यसअघि जारी भएको बिमा निर्देशिका २०७७ भने खारेज भएको बिमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

 

 

 

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved