बीमा क्षेत्रकै अहिलेसम्मको ठूलो ठगी, पुनर्बीमाको एउटा पत्रबाट गिरोह पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 12:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा क्षेत्र कै अहिलेसम्मको ठूलो घोटाला सार्वजनिक भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आफुलाई दाबी भुक्तानीको लागि आएको एउटा फाइल शंकास्पद लागेर अनुसन्धान गर्नको लागि प्रहरीलाई आग्रह गरेपछि यसको खुलासा भएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको दाबी भुक्तानीको लागि पुनर्बिमा कम्पनीलाई फाइल पठाएकोमा पुनर्बिमाले शंकास्पद लागेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई अनुसन्धानको लागि आग्रह गरेको थियो।

सीआईबिले यस समबन्धमा अनुसन्धान गरेर बीमा दाबी भुक्तानीको नाममा घोटाला गरेर ठगि गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । प्रहरीले आज ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

घटनाको थप विवरण र यस सम्बन्धि विस्तृत समाचार केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुने छ । 

अपडेट : बीमा गरिएको अढाई करोडको लोभमा बिमितको हत्या, पुनर्बीमालाई शंका लागेपछि खुल्यो पोल


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved