बीमा गरिएको अढाई करोडको लोभमा बिमितको हत्या, पुनर्बीमालाई शंका लागेपछि खुल्यो पोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 01:03:18 PM मा प्रकाशित

laxmi  sunrise bank

कोहलपुरका बर्ष २१ का सर्जन बि.क. टिप्परमा बालुवा लोड गराउने काम गर्थे। २०७८/१/२ गते टिप्परमा बालुवा लोड गराएर बाइकमा फर्कने क्रममा बिपरित दिशाबाट आएको ट्रकको ठक्करपछि उपचारको क्रममा बिकको मृत्यु भयो।

मृतकको २ करोड ५० लाख बराबरको जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो ।  सर्जन बि.क. र सपना मल्लले विवाह गरेका थिए। उनीहरुको विवाह दर्ता २०७७/१२/२ गते भएको थियो। मल्ललाई नै दाबी भुक्तानीको लागि इच्छाइएको थियो।

दाबी भुक्तानीको लागि आवेदन परेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गर्यो। 

अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनको लागि योजना नै बुनेको पाइएको छ । प्रहरीका अनुसार बिकले प्रयोग गरेको बाईक उनको बीमा गरिदिने रिलायन्स लाइफका एजेन्ट सरदार अहमद खाँको थियो । 

सुरुमा आरति भन्ने ललिता भन्ने कुमारी सापकोटाले सपना मल्ल र मृतक बिकलाई भेट गराइदिएकी थिइन् । उनले बिहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भन्दै मल्ललाई कन्भिन्स गरेकी थिइन् । सोहि अनुसार डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने तयारी उनीहरुको थियो । अष्ट्रेलिया जान नक्कली विवाह गरेपछि मात्र मृतक विक र मल्लको भेट भएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लागेको जनाएको छ । 

विवाह दर्ता गर्ने, बीमा गर्ने, बैंक खाता खोल्ने लगायतका सम्पूर्ण काम संजिव अर्यालले गरेको खुलेको छ । उनी नै घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । उनले ८० लाख पाइसकेको प्रहरीलेजनाएको छ । अर्यालले नै बीमाको प्रथम शुल्क ५ लाख ४० हजार भुक्तानी गरेका थिए ।

त्यस्तै सपना मल्लले २ करोड ५० लाख लिइसकेको पनि खुलेको छ । प्रहरीले मल्ललाई दिल्ली हुदै जापान जाने क्रममा काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको हो ।

एजेन्ट खाँको अर्यालसंग चिनजान भएकोले उनले पनि योजनामा साथ दिएको प्रहरीले जनाएको छ ।  त्यस्तै प्रहरीले मल्ललाई विदेश जाने भनेर चिनाईएका एजेन्ट टोप बहादुर राना क्षेत्रीलाई पनि पक्राउ गरेको छ । उनले चलाएको गाडीको ठक्कर बाट नै बिकको मृत्यु भयको थियो । 

त्यस्तै प्रहरीले दिपक केसीलाई पनि पक्राउ गरेको छ । केसीले मल्ललाई भुक्तानी लिन काठमाडौँ ल्याएका थिए, भने आफुले पनि ६० लाख लिएका थिए  उनी कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई अदालतबाट भएको मुद्दामा यस अघि दोषी ठहर भएका थिए । 

सपना मल्लको खातामा आएको रु.२,५०,००,००० रकमको बाँडफाँड :

- सन्जीब अर्याल - रु.८०,३६,०००/- (असी लाख छत्तीस हजार) -

दिपक के.सी - रु.६०,००,०००/- (साठी लाख)
छबि कुमारी खत्री (सपना मल्लको आमा) - रु.१७,४६,०००/- (सत्र लाख छयालीस हजार)

सपना मल्ल - रु.८६,८९,०००/- (छयासी लाख उनान्नब्बे हजार)

ATM Card - रु.३,०३,५००/- (तीन लाख तीन हजार पाँच सय) 

POS - रु.२,६९,९८०/- (दुई लाख उनान्न सत्तरी हजार नौ सय असी) 

Balance Recharge - रु.५,३१६/५० (पाँच हजार तीन सय सोह पचास पैसा)


अनुसन्धान गर्नुपर्ने शंकास्पद आधारहरुः 

-सर्जन बि.क.को आर्थिक अवस्थाको अध्ययन - पेशा र बार्षीक आयको रकमले बीमाको शुल्क रु.५,४०,०००/- तिर्न
नसक्ने(KYCमा बार्षिक आम्दानी समेत रु.२,००,०००/- भनि स्वघोषणा)।

- बार्षिक आयको अधिकत्तम ४० प्रतिशत सम्मको मात्र बीमा गर्न सक्ने प्रावधान अनुरुप नरहेको।

- मृतकले सावधिक र म्यादी जीवन बीमा (ठुलो रकमको बीमा) गर्नुपर्ने अन्य कारण र आधार नदेखिएको मृतक र सपना मल्ल श्रीमान श्रीमती भनिएता पनि सम्पर्कमा रहेको नदेखिएको सपना मल्ल र सन्जीव अर्याल बिच घटना अगाडि देखि पैसा बाँडफाँड भएको समय सम्ममा निरन्तर सम्पर्क रहेको।

- मृतकको प्रथम बीमा शुल्क रु.५,४०,०००/- सन्जीव अर्यालले तिरिदिएको।

- बीमा अभिकर्ता सरदार अहमद खाँ सँग समेत घटना अघि देखि नै निरन्तर सम्पर्कमा रहेको।

- दुर्घटनामा अभिकर्ता सरदार अहमद खाँ कै बाईक प्रयोग भएको सपना मल्ल, सन्जीव अर्याल, दुर्घटनामा संलग्न सवारी चालक बीच घटना अगाडि देखि पछि सम्म बराम्बर सम्पर्क,भेटघाट रहेको बीमा बापत प्राप्त रकमको बाँडफाँड शंकास्पद रहेको ।

घटनाको दिन सन्जीब अर्यालको मृतक, सपना मल्ल, सरदार अहमद खाँ, ड्राइभर टोप बहादुर रानाक्षेत्री सँग सम्पर्क भएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा दुवैमाAccidental Death Benefit (ADB) करार, कालगतिको मृत्युमा सुविधा नपाउने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved