देशैभरि जीवन बीमा सम्बन्धी सर्भे सम्पन्न, अस्वस्थ प्रतिस्पर्धाले विकृति आएको निष्कर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 11:50:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न गरेको छ । कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न  गरेको हो। जीवन बीमा गरिसकेका ४९२ जना विमित संग गरिएको सर्भेमा १९० जना महिला र ३०२  जना पुरुष सहभागि भएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको थियो। पचास जना सहयोगि कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको पाइईएको कम्पनीले जनाएको छ । बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको देखिएको र कभरेज बढे अनुसार दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईक अनुसार सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गर्नु भएको भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको , ८ प्रतिशतले अभिकर्ताको दवावमा बीमा गरेको र ३ प्रतिशतले देखासिखिमा गरेको जवाफ दिएका छन्। बीमा कसरी गर्नु भएको भन्ने प्रश्नमा ३७ प्रतिशतले आफैले सम्पर्क गरेर गरेको, ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरि बुझाए पछि गरेको र ३ प्रतिशतले  अरुले गरेको देखेर बीमा गरेको पाइएको छ। खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नु भयो  भन्ने प्रश्नमा ८० प्रतिशतले आफैले पोलिसी विषयमा बुझेर गरेको , १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले  पोलिसी विषयमा केही थाहा नभएको बताएका छन । 

सर्भे अनुसार बीमा गर्ने कम्पनीको बारेमा प्रश्नमा ७९ प्रतिशतले थाहा छ , २७ प्रतिशतले अलि अलि थाहा भएको र ३ प्रतिशतले केही थाहा नभएको जानकारी दिएका छन्। बीमितले खरिद गरेको पोलिसीको छनौट विषयमा सोधेको प्रश्नमा ६७ प्रतिशतले सावधिक, १५ प्रतिशतले मनिव्याक, १२ प्रतिशतले आजिवन, ४ प्रतिशतले एकल भुक्तानी र २ प्रतिशतले म्यादी बीमा खरिद गरेको जानकारी दिएका छन्। बीमा पोलिसी बिक्री पछि अभिकर्ता सम्पर्कमा रहे नरहेको बारेको प्रश्नमा ८० प्रतिशतले सम्पर्कमा रहेको, १२ प्रतिशतले किस्ता तिर्ने बेला मात्र सम्पर्क गर्ने गरेको र ८ प्रतिशतले पोलिसी विक्रि पछि कुनै सम्पर्कमा नरहेको बताएका छन्। त्यसै गरी बीमा विक्रि पछि कम्पनीले आवश्यक सुचना सम्प्रेषण बारेमा प्रश्न गर्दा ७० प्रतिशतले एस एम एस र फोन आउने गरेको, २८ प्रतिशतले एस एम एस मात्र आउने गरेको र २ प्रतिशतले कुनै सूचना नआएको जानकारी दिएका छन्। 

बीमाको आवश्यकता बारेमा ८५ प्रतिशतले अति आवश्यक, १४ प्रतिशतले  बचत छ भने गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नरहेको बताएको कम्पनीले उल्लेख गरेको छ । सर्भेमा बीमालाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनु पर्ने, ५ प्रतिशतले गरिवको लागि सरकारले केही राहत (सवसिडी) दिनु पर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनु पर्ने जानकारी दिएका छन् ।

अध्यक्ष भट्टराईक अनुसार समग्रमा हेर्दा जीवन बीमा क्षेत्रमा आवश्यकता भन्दा कम्पनीहरु बढी भई अस्वस्थ प्रतिस्पर्धाको कारण केही विकृति आएको पाईएको छ। तर बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको कम्पनीले उल्लेख गरेको छ । 

नेक्सजेन म्यानेजमेन्ट बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई सहयोग र सल्लाह दिने उद्देश्यले स्थापित भएको कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved