जीवन बीमक सङ्घद्वारा २ संस्थालाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 06:49:03 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २ वटा संस्थालाई आर्थिक सहयोग गरेको छ  । संघले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको हो  ।

संघले  काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको  लागि डा. भागवान कोईरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको लागि निर्देशक  दिपक सन्जेललाई तीस लाख आर्थीक सहयोग हस्तान्तरण गरेको हो ।

 समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजार भन्दा बढी आर्थीक हिसाबले कमजोर विधार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उदेश्यले सबै प्रदेशमा बिद्यालय संचालन गरेको छ । । त्यसैगरि, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको छ ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थीक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए  । बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा बताउदै संस्थागत समजिक उत्तरदायित्तोे अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्न पर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved