
 2mb (1).gif)
रिलायन्स लाइफ इन्स्योरेन्सले आफनो बार्षिक कार्यक्रम अन्र्तगत आयोजना हुने नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक,शाखा प्रबन्धक सहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको सहभागितामा कन्फ्रेस भएको कम्पनीले जनाएको छ ।
कन्फरेन्समा बिशेष गरी कम्पनीको आगामी १ बर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, बिभिन्न जिल्लाबाट आएका शाखा प्रमुख , क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्र्तक्रिया भएको कम्पनीले जनाएको छ।
कन्फरेन्समा सहभागीहरुलाई स्वागत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले आगामी बर्षको योजनामा गहन छलफल र सझाव कम्पनीको आगामी व्ययसायिक रणनीतिको लागि कोषेढुङ्गा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत श्री निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए ।
दुइदिनसम्म संचालन भएको कन्फरेन्समा बर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धि को आधारमा समेत सम्मान गरिएको कम्पनीले जनाएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवनबीमा सेवा प्रदान गर्दै आइरहेको छ ।