
 2mb (1).gif)
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन 'एनुअल बिजनेश लिडर्स कन्क्लेभ' सम्पन्न गरेको छ । आ.व. २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कन्क्लेभ आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामी माथि आएकोले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिएका छन् ।
कम्पनीले आ.व. २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखाकार्यालय लगायत बार्षिक लक्ष्य पुरा गर्ने शाखाकार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।