महत्त्वपूर्ण ५ सूचकमा ३ ठूला जीवन बीमा कम्पनीभन्दा नेशनल लाइफ उत्कृष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 09:59:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ठूला जीवन बीमा कम्पनीहरु मध्येको उत्कृष्ट बन्न सफल भएको छ। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार नेशनल लाइफ महत्त्वपूर्ण पाँच सूचकमा ठुला जीवन बीमा कम्पनीहरु मध्येकै उत्कृष्ट बन्न सफल भएको हो। 

जीवन बीमा कम्पनीहरुमा मात्र नभई समग्र उद्योगमा नै सबै भन्दा बढी प्राथमिकताका साथ हेरिने खुद मुनाफामा नेशनल लाइफले तीन ठूला जीवन बीमा कम्पनीमा उत्कृष्ट बन्न सफल भएको छ।  गत आर्थिक बर्षको वित्तीय विवरणअनुसार नेपाल लाइफले खुद मुनाफामा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपाल लाइफ र एसियन लाइफलाई जितेको छ। 

गत आर्थिक बर्ष नेशनल लाइफले ४० करोड ८८ लाख ९३ हजार ८९५ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल हुँदा नेशनल लाइफ र एलआईसी नेपाल अघिल्लो आर्थिक बर्षको तुलनामा घाटामा गएका छन् भने एसियन लाइफले १६ करोड ९४ लाख खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै संस्था कति बलियो भन्ने आधार थाहा पाउने महत्त्वपूर्ण सूचक रिजर्भ एण्ड सरप्लसमा पनि  नेशनल लाइफले यी तिनवटै कम्पनीलाई पछाडी पारेको छ। गत आर्थिक बर्ष नेशनल लाइफको रिजर्भमा ६६ करोड ७१ लाख ७४ हजार हुँदा नेपाल लाइफको २८ करोड ८३ लाख, एलआईसी नेपालको ६१ करोड ५५ लाख तथा एसियन लाईफको ५८ करोड ३६ लाख रहेको छ। 

त्यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बढी प्रिमियम संकलन गर्नेमा पनि नेशनल लाइफ नै अग्रस्थानमा देखिएको छ।  नेशनल लाइफको नेट प्रिमियम वृद्धि  १७.८८ प्रतिशत हुँदा नेपाल लाइफको ४. प्रतिशत, एल आइ सी नेपालको ६. प्रतिशत तथा एसियन लाइफको १७. ९ प्रतिशत मात्रै छ। 

त्यस्तै प्रति सेयर आम्दानीमा पनि नेपाल लाइफ, एलआसि नेपाल, र एलआइसिएन नेपाल भन्दा नेशनल लाईफ अगाडी रहेको छ। गत आर्थिक बर्षको प्रगतिविवरणअनुसार नेपाल लाइफ, एलआईसी नेपालको प्रति सेयर आम्दानी ऋणात्मक रहेको छ भने एसियन लाइफको प्रति सेयर आम्दानी  ६ रुपैयाँ ६७ पैसा रहेको छ। त्यहि नेशनल लाइफको प्रति सेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ। 

त्यस्तै जीवन बीमाको क्षेत्रमा महत्त्वपूर्ण मानिने बिमितले पाउने बोनसको दरमा पनि नेशनल लाइफ अरु जीवन बिमा कम्पनी भन्दा राम्रो देखिएको छ। नेशनल लाइफको बोनसको दर ६५-८५ सम्म रहेको छ भने नेपाल लाइफ, एलआईसी नेपाल र एसियन लाइफको क्रमश: ५६-८२ प्रतिशत, ५४-७० प्रतिशत, ४०-७५ प्रतिशत रहेको छ। 

नेशनल लाइफ निजि क्षेत्रमा सबै भन्दा पुरानो र जेठो कम्पनी हो। नेशनल लाइफ २०४४ सालमा संचालनमा आएको जीवन बीमा कम्पनी हो भने एलआईसी नेपाल र नेपाल लाइफ २०५८ सालमा संचालनमा आएको कम्पनी हो। त्यस्तै एसियन लाइफ २०६४ सालमा संचालनमा आएको संस्था हो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved