बीमा रकमको लोभमा जब ड्राइभरले आफैँले चलाउने टिपरमा आगो लगाए...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 03:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार नेत्रविक्रम चन्द (विप्लव) माओवादीले नेपाल बन्दको आह्वान गरेको मौकामा दाङमा चालक आफैँले आफूले चलाउने टिपरमा आगजनी गरेका छन् । मंगलबार बिहान बन्दकर्ताले रोकिराखेको टिपरमा आगजनी गरेको भनिएपनि अनुसन्धानका क्रममा टिपरमा चालक र सहचालक आफैँले आगो लगाएको खुलेको हो ।

बीमा वापतको रकम हत्याउने लोभमा बन्दको मौका छोपेर चालक र सहचालकले घोराहीस्थित बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान आफैँले आगो लगाएको खुलेको हो । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुुसार टिपर धनीकै सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको खुलेको हो । चालक र सहचालकले यो कुरा स्वीकार पनि गरेका छन् । 

मंगलबार बिहान ४ बजेको समयमा आगजनी भएको खबर पाउनासाथ प्रहरीको छोली घटनास्थलमा पुगेको थियो । चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएको थियो । 

सुरुमा उनीहरुले केही बन्दकर्ताको समूह आएर टिपरमा आगो लगाएको दाबी गरेका थिए । तर, उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा साहुकै सहमतीमा बिग्रेको उक्त टिपर जलाएर बीमा वापतको रकम दाबी गरेर हत्याउने योजना रहेको खुलेको हो । 

टिपरको अगाडिको भाग जलेको छ । 

उक्त गाडीको धनी घोराही–१८ का ४३ वर्षीय धनेश्वर भण्डारी रहेका छन् । उक्त टिपरको बीमा कुन बीमा कम्पनीमा थियो भन्ने खुलिसकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved