आईएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन अगावै शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि कम्पनीले संस्थापक शेयरधनीको लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
यहि प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते बुधबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले लैनचौर स्थित लिनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु :
सामान्य प्रस्तावहरु :
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिबेदन पारित गर्ने सम्बन्धमा |
(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा NFRS प्रणाली लागुगरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा (वर्तमान लेखापरीक्षक श्री पि.वाई.सी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सको दोस्रो वर्ष भएकोले पुनःनियुक्ति हुन सक्ने) ।
विशेष प्रस्ताबहरु :
(१) नियमनकारी निकाय श्री बीमा समितिबाट २०७९ सालको चैत्र मसान्तभित्र कम्पनीको चुक्ता पूँजी पाँच अर्ब कायम गर्नुपर्ने निर्देशन भएको र सो निर्देशन बमोजिम संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनःथप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
(२) कम्पनीको प्रवन्ध-पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरू स्थापना गर्ने उद्देश्य थप गर्ने ।
(३) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।
(४) सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धमा ।
(५) कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरूको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान आर्थिक सहायता वापतको रकम रू. ७,५०,०००। (अक्षेरूपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम अनुमोदन गर्न सम्बन्धमा ।