एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 10:22:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयरपछि समायोजन भएको कम्पनीको सेयर मूल्य ४७१ रुपैयाँ ६२ रुपैयाँ निर्धारण भएको छ । 

इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै मूल्य समायोजन भई नयाँ मूल्य तोकिएको हो । 

अब समायोजन भएको मूल्यका आधारमा कम्पनीको सेयर कारोबार खुल्नेछ । 

आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ थियो ।

लाभांश पारित गर्न कम्पनीले असोज १३ गते १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved