नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘डाइनामिक क्यूआर पेमेन्ट’, के छ विशेषता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 03:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । 

आइतबार दिउँसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक कार्यक्रका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  रिबन काटेर उक्त सेवाको शुभारम्भ गरे ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआर पेमेन्टको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे ।

यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए ।

डाइनामिक क्यूआर पेमेन्टको माध्यमबाट २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा  सहजै गर्न सकिने छ । 

अरु क्षेत्रमा डाइनामिक क्यूआर पेमेन्ट पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । 

कार्यकममा नेपाल लाइफका कर्मचारी , अभिकर्ता र ग्राहक महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved