सन नेपाल लाईफको स्थापना दिवसमा सामाजिक काम, ५०८ प्रिन्ट रगत संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 06:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक काम गरिरहेको छ ।

सामाजिक सेवा उत्तरदायित्व अनुरुप कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट  कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved