सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा आज विशेष साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभाले सानिमा जनरल इन्स्योरेन्स लि. र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. एक आपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित गरेको छ । त्यस्तै कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको कम्पनीले जनाएको छ ।
यी दुई कम्पनीले असार ३० गते मर्जमा जाने सम्झौता गरेका थिए । बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि यी २ कम्पनी मर्ज हुन लागेका हुन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न छ।