लघुबीमाको लाईसेन्सको लागि ७ वटा कम्पनीले दिए बीमा समितिमा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 05:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुबीमा कम्पनीको लाईसेन्सको लागि हालसम्म ७ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले आवेदन माग गरेको मिति समाप्त हुन २ दिन मात्र बाँकि रहंदा समितिमा ७ वटा कम्पनीले आवेदन दिएका हुन् । बाँकि रहेको अवधिमा थप आवेदन आउने समितिको विश्वास छ ।  

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार  नेको लाइट (जनरल) इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन दिएका छन् । 

बीमा समितिले ३५ दिन भित्र आवेदन दिन भन्दै भदौ १० गते सूचना सार्वजनिक गरेको थियो।  बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न भन्दै लघुबीमा लाईसेन्सको लागि भदौ १० गते आबेदन खुला गरेको हो । सूचना जारी गरेको ३५ दिन भित्र आवेदन दिई सक्न आग्रह गरेको छ ।

चुक्ता पुँजी प्रस्ताव गर्दा ७५ करोड भन्द कम नहुने गरि प्रस्ताव गर्नु पर्ने छ। संस्थापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने हुन्छ भने ३० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved