सिटिजन लाइफ इन्स्योरेन्सले सप्ताहव्यापी कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 08:34:10 AM मा प्रकाशित

laxmi sunrise bank

 सिटिजन लाइफ इन्स्योरेन्सले सप्ताहव्यापी कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ । 

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि २०७८ साल ,असोज ३१ गते देखी कार्तिक ६ गते सम्म सप्ताह व्यापी कार्यक्रम मार्फत सोही  प्रकारका गतिविधीहरुलाई निरन्तरता दिने जनाएको छ । 

वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक ¥याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले उल्लेख गरेको छ।

 कम्पनीको प्रगति सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाज प्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved