मर्जर पश्चात सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय भएको छ । सफल मर्जर पश्चात सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कार्तिक ७ गतेदेखि एकिकृत निर्जीवन बीमा सेवा कारोवार हुने भएको हो ।
दुवै कम्पनीको २०७९।०६।११ गते सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । त्यस्तै बीमा समितिबाट २०७९।०६।१४ गते मर्जरको अन्तिम स्वीकृति पत्र पाएको र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७९।०६।२७ गते स्वीकृति पत्र पाएको कम्पनीले जनाएको छ ।
गाभ्ने र गाभिने कम्पनीको अन्तिम दिन सम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सकार्ने कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो। कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतिपछि संयुक्त मर्जर समितिको २०७९।०६।३१ गतेको निर्णयले मर्जर पश्चात् सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट २०७९ कार्तिक ०७ गते सोमबारदेखि निर्जीवन बीमा सेवाको एकिकृत कारोवार सञ्चालन गर्ने निर्णय गरेको हो। मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय टंगालमा रहने छ ।
यी दुई कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन् ।