आईएमई लाइफले पायो हकप्रद निष्काशनको स्वीकृति, मङ्सिर ५ सम्म रकम जम्मा गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 09:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशनको लागि बीमा समितिबाट स्वीकृति पाएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद वापतको रकम जम्मा गर्न सुचना जारी गरेको छ 

कम्पनीले मङ्सिर ५ गतेसम्म साविकका शेयरधनीलाई हकप्रद वापतको रकम कम्पनीले तोकेको बैंक खातामा बुझाउन आग्रह गरेको हो । शेयर लगानी फारम कम्पनीको वेबसाइटमा रहेको कम्पनीले उल्लेख गरेको छ 

कम्पनीको असोज २६ गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले थप पुँजी माग गर्ने निर्णय गरेको हो । 

कम्पनीले आईपिओ निष्काशन अगावै शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि कम्पनीले संस्थापक शेयरधनीको लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved