लघुबीमाको लाईसेन्स दिने प्रकिया चुनावपछि पुन: सुरु हुन्छ:अध्यक्ष सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 11:31:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले लाघुबीमा कम्पनीलाई लाईसेन्स दिने प्रक्रिया निर्वाचनपछि पुन: सुरु हुने जनाएको छ । बीमा समितिका सूर्य प्रसाद सिलवालले अहिले निर्वाचन आचारसंहिता लाग्ने भएकोले केहि समयको लागि प्रक्रिया रोकिएको तर निर्वाचन भईसकेपछि पुन: सुरु हुने बताए ।

उनले लघुबीमाको लाइसेन्स दिने कार्य स्थगित नभई निर्वाचनसम्मको लागि रोकिएको र निर्वाचन सकिएपछि पुन: सुरु हुने बताएका हुन् । निर्वाचन आयोगले केहि दिन अघि निर्वाचन आचारसंहिता लागु भईसकेपछि किन लाईसेन्स वितरण गर्ने कार्य गरेको र आचारसंहिता उल्लङ्घन भएको कसुरमा किन कारवाही नगर्ने भन्दै समितिलाई स्पष्टिकरण सोधेको थियो ।

समितिले जवाफमा लाईसेन्सको प्रक्रिया अचारसंहिता लागु हुनु भन्दा अगाडी नै सुरु भएको तर आचारसंहिता लागु भईसकेपछि त्यसमा अहिले थप कुनै कार्य नगरिने र निर्वाचनपछि प्रक्रिया पुन: सुचारु गरिने बताएको थियो ।

लघुबीमा कम्पनीको लाईसेन्सको लागि ३१ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले आवेदन माग गरेको अन्तिम दिनसम्ममा ३१  वटा कम्पनीले आवेदन दिएका हुन् । 

 बीमा समितिले ३५ दिन भित्र आवेदन दिन भन्दै भदौ १० गते सूचना सार्वजनिक गरेको थियो।  बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न भन्दै लघुबीमा लाईसेन्सको लागि भदौ १० गते आबेदन खुला गरेको हो ।  ७ वटालाई लाईसेन्स दिने भनिएकोमा ३१ वटा कम्पनीले आवेदन दिएका हुन् ।  

 हेर्नुस् आवेदन दिएका ३१ कम्पनी : 

१.        निओ लाइट माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

२.        स्वदेशी लघु जीवन बीमा कम्पनी

३.        जानकी जीवन लघुबीमा कम्पनी

४.        नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी

५.        गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

६.        कर्णाली माइक्रो इन्स्योरेन्स कम्पनी

७.        एभरेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड

८.        एक्सप्रेस माइक्रो इन्स्योरेन्स लिमिटेड

९.        ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड

१०.     माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स कम्पनी

११.     अल्फा माइक्रो इन्स्योरेन्स कम्पनी

१२.     उन्नति माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१३.     उन्नति माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

१४.     लुम्बिनी लघु जीवन बीमा कम्पनी

१५.     मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स कम्पनी

१६.     मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१७.     गरिमा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

१८.     गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनी

१९.     सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स लिमिटेड

२०.     सिजी इन्स्योर माइक्रो इन्स्योरेन्स लिमिटेड

२१.     गण्डकी माइक्रो इन्स्योरेन्स कम्पनी

२२.     स्टार माइक्रो इन्स्योरेन्स कम्पनी

२३.     प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड

२४.     क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी

२५.     लिबर्टी माइक्रो लाइफ कम्पनी

२६.     श्री शक्ति लघु जीवन बीमा कम्पनी

२७.     केयर माइक्रो जनरल इन्स्योरेन्स लिमिटेड

२८.     अभियान लघुबीमा कम्पनी लिमिटेड

२९.     हिम शिखर जीवन लघु बीमा कम्पनी

३०.     सुरक्षा लघु जीवन बीमा कम्पनी

३१.     स्वर्गधरी लघु जीवन बीमा कम्पनी  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved