सानिमा जिआईसीको सीइओमा उपाध्याय नियुक्त, यस्तो बन्यो नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 01:19:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कार्तिक ७ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । 

उनि यस अघि सानिमा जनरल इन्स्योरेन्सको सीइओ थिए । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी बनेको हो।

त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्समा नयाँ संचालक समिति पनि गठन भएको छ । जस अनुसार कम्पनीको अध्यक्षमा कुनाल कयाल चयन भएका छन् भने संचालकहरुमा डा. हेमन्त कुरा दवाडी, सोनाम गयाछो, कृष्ण बोहोरा, मिट मुरारका अग्रवाल, र प्रकाशमान श्रेष्ठ चयन भएका छन्।

 मर्जर पश्चात सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कार्तिक ७ गतेदेखि एकिकृत निर्जीवन बीमा सेवा कारोवार भएको हो । दुवै कम्पनीको २०७९।०६।११ गते सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । त्यस्तै बीमा समितिबाट २०७९।०६।१४ गते मर्जरको अन्तिम स्वीकृति पत्र पाएको र कम्पनी रजिष्ट्रारको कार्यालयबाट  २०७९।०६।२७ गते स्वीकृति पत्र पाएको थियो ।

 यी दुई कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved