नियमावली बिना नै बीमा ऐन कार्यान्वयन आउँदै, बीमा प्राधिकरणले पुरानै लोगो प्रयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 01:27:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 बीमा ऐन २०७९ कार्तिक २३ गतेदेखि कार्यन्वयमा आउँदै छ। हालको बीमा समिति स्वत बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ। ऐन अनुसार बीमा कम्पनीहरुको नियामक निकाय ‘नेपाल बीमा प्राधिकरण’ को नाम बाट सञ्चालन हुने छ। 

समितिका अनुसार २३ गतेदेखि नै बीमा ऐन कार्यन्वयन हुने छ। समितिले आफुले प्रयोग गर्दै आएका लेटर प्याड÷हेडमा बीमा समितिको ठाउँमा नेपाल बीमा प्राधिकरण उल्लेख हुने छ। बीमा कम्पनीहरुलाई ऐन अनुसार काम कारबाहि गर्न निर्देशन दिने छ।

यद्यपी नियामवली आउन भने कम्तिमा अझै एक महिना लाग्ने समितिले जनाएको छ। समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ‘हामी तोकिएको मितिदेखि नै प्राधिकरणको हैसियत र मोडालिटिमा रहेर कामकारबाही गर्ने छौँ। नियामवलिको ड्राफ तयार हुँदै छ। ड्राफ बनिसकेपछि पुनः एउटा समुह बनाएर अगाडी बढ्ने तयारी हुँदै छ।’

नियामवली क्याविनेटबाट पास गराएर मात्रै कार्यन्वयनमा ल्याउने हुँदा समय लाग्ने उनको भनाई छ। ‘हामीले सम्भवत दुई हप्ताभित्रमा नियामवली बनाउँछौँ। बल्ल तयारी थालिएको छ।’उनले भने, ‘सरकारले प्राथमिकतामा राखेर सकेसम्म छिट्टो क्याविनेटबाट पास गरेपनि कार्यन्वयनका लागि केही समय त लागि नै हाल्छ।’

प्राधिकरणको लोगो भने परिर्वतन नहुने भएको छ। समितिको टिम अहिलेसम्म लोगो परिर्वतन नगर्ने मनशायमा छ। यद्यपी सरकार तथा सरोकारवालाहरुबाट प्रस्ताव आएमा र उचित लागेमा भने परिर्वतन गर्न पनि सकिने पौडेलले बताए। उनले भने, ‘समिति अहिलेसम्म लागो परिर्वतन नगर्ने मनशायमा छ। यद्यपी भोलिका दिनमा सरोकारवाला व्यक्ति, संस्था तथा सरकारबाट उचित आशयसहित प्रस्ताव आएमा र सहि लागेमा परिर्वतन गर्न सकिन्छ, परिर्वतन गर्दै गरिन्न भन्ने हुँदैन।’

प्राधिकरणलाई स्वायत्त संस्थाको रुपमा परिभाषित गरिएको छ। अब यसले स्वतन्त्र रुपमा काम गर्ने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved