महालक्ष्मी लाईफद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 02:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १८ गते आफ्ना विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम आयोजना गरेको हो।

कम्पनीक अनुसार उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३४ शाखा/ उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो।  गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिईएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धिकरणको प्रक्रिया र औचित्य बारेमा जानकारी गराएका थिए । साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएकी थिईन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved