
बीमा समिति कार्तिक २२ गते मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’ मा रुपान्तरण हुने भएको छ। समितिले मंगलबार(भोली) देखि प्राधिकरणको शुभारम्भ गर्न थालेको हो। समितिका अनुसार मंगलबार बिहान पौने दश बजे सुभारम्भ गरिने छ।
समिति प्राधिकरणमा रुपान्तरण भईसकेपछि मंगलबार सम्मका कामकारबाहि समितिको नीति अनुसार हुनेछन् भने बुधबार देखि प्राधिकरणको अनुसार हुने छन्। ‘भोलीसम्म आएका उजुरीहरु समितिको नियम अनुसार फैसला हुनेछन्।’समितिका कानूनी शाखाका प्रमुख विरोध भट्टले भने, ‘बुधबारउताका उजुरीहरुको प्राधिकरणको ऐनमा टेकेर फैसला हुने छन्।’
यद्यपी कानुनत समिति र प्राधिकरणमा उजुरी सम्बन्धमा धेरै अन्तर नभएको बताए। प्राधिकरणका लागि अन्य तयारी भएपनि नियमावलीको लागि भने बल्ल मस्यौदा बन्दै छ। समितिले आज समिति भित्रका हरेक विभागबाट सुझाव संकलन गरेको छ। सोही अनुसार नियामवलीको तयारी भईरहेको छ। समितिले ड्राफ्ट तयार पारेर मन्त्रिपरिषदमा पठाउने छ। प्राधिकरणको नियमावली मन्त्रिपरिषदले पास गरेपछि कार्यन्वयनमा आउने छ।