
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र बीमा समितिबीचको 'टसल' सार्वजनीक कार्यक्रममै छताछुल्ल भएको छ। नेपाल रिको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाली रिका प्रमुख कार्यकारी अधिकृत र बीमा समितिका अध्यक्षको अभिव्यक्तिले अशन्तुष्टीहरु प्रष्ट देखिएको हो ।
कार्यक्रममको शुभारम्भमै कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझिले स्वागत तथा धन्यवाद व्यक्त गरे। मन्तव्यको क्रममा उनले आफुले संरक्षण र प्रर्वद्धनको प्रशासकिय जिम्मेवारी सम्हालेको कारण कम्पनीको अवस्था र व्यवस्थाको बारेमा बताउँनै पर्ने उल्लेख गरे। उनले प्रतिस्पर्धीको रुपमा आएको हिमालयन रिलाई समितिले आफ्नो व्यावसायको हिस्सा खोसेर दिएको टिप्पणी गरे।
‘सरकारी लगानी भएको कम्पनी हिजोको दिनमा संकटग्रस्त अवस्थामा रहेको अवस्थामा सरकारबाट संरक्षित थियौँ। कतिपय सन्दर्भमा सरकारबाट प्रबर्दित थियौँ। तर पछिल्लो त्यस्तो अवस्था थिएन। प्रगति पथमा नै थियौँ।’ सिईओ रायमाझिले भने, ‘अहिले प्रतिस्पर्धी कम्पनी आएको छ। हो, साइसेन्सीङ हुन्छ। प्रतिस्पर्धा गर्नुपर्छ तर त्यो इथिकल हुनुपर्छ तर हाम्रो नैसर्गिक अधिकार समेत खोसियो।’
सरकारी लगानीको कम्पनीलाई सरकारी नीति तथा नियमनकारी निकायले प्रर्वद्धन गर्नुको सट्टा संरक्षणमा समेत गर्न नसक्नु विडम्बना रहेको उनले बताए। उनले भने, ‘यो विडम्बना मात्रै नभएर मेरो निधारमा लागेको कालो टिका पनि हो।’
उनले यो वर्ष नेपाल रिको ५ अर्बको विजनेश समितिको नीतिका कारण घट्ने बताए। बीमा लेखाङ्गनको व्यावसाय खोसिएकोमा सिईओ रायमाझीको असन्तुष्टि थियो ।
सोही कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सधै सरकारले व्यावसाय सुरक्षित गरिदिन नसक्ने भन्दै प्रतिस्पर्धामा आउनुपर्ने बताए। उनले नेपाल रि ले व्यावसाय गर्न नसकेकै कारण प्रतिस्पर्धी ल्याउन परेको समेत दाबी गरे ‘सरकारले अब व्यवसाय गर्दैन, नेपालमा सरकारी लगानी भएका बीमा कम्पनीहरुले स्वयंं व्यवसाय गर्न नसकेकै कारण अरु कम्पनी आउनु परेको हो।’ उनले नेपाल रि लाई छड्के प्रहार गर्दै भने, ‘राष्ट्रिय बीमा संस्थान र बीमा कम्पनीले काम गर्न सकेको भए अहिले यत्तिका कम्पनी आउँदैन थिए।'
उनले सरकारले ब्यवसाय गर्ने वातावरण मात्रै दिने तर व्यवसाय नै खोजिदिने काम नगर्ने बताए। नेपाल रिले सरकारको संरक्षण खोज्नुको सट्टा अन्तराष्ट्रिय स्तरमा समेत व्यावसाय फैलाउन आग्रह गरे। ‘अझै पनि सरकारको संरक्षण खोजेर बस्ने हैन।’ उनले भने, 'पुनर्बीमाले बीमा कम्पनीहरुमार्फत विदेशीने नेपाली मुद्रा जोगाउने काम गर्दै विदेशी बीमा कम्पनीहरुबाट समेत विजनेश ल्याएर नेपालमा विदेशि मुद्रा भित्राउने हैसियत राख्नु पर्छ। बाह्य बजारमा पनि प्रतिस्पर्धा गर्नुस्।’
नेपाल रि को व्यवसाय सुनिश्चित गर्न नेपाली बीमा क्षेत्रबाट उत्पन्न हुने विजनेशको (बीमा लेखाङ्कनको) कम्तिमा २० प्रतिशत व्यावसाय नेपाल रिलाई दिनुपर्ने व्यावस्था थियो। आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको थियो। तर, हिमालयन रि आएपछि यो आरक्षणको हिस्सा आधाआधा बाँडियो। साथै सोही आधा हिस्सा पनि वर्षेनी २÷२ प्रतिशतका दरले घटाएर ५ वर्षपछि आरक्षण शुन्य बनाईने व्यवस्था गरिएको छ।