
निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा पौने ११ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन्। हाल नेपालमा सञ्चालित १९ निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८९ हजार ४६८ बीमालेख बिक्रि गरि दश अर्ब ८४ करोड २४ लाख ५२ हजार बीमा शुल्क आम्दानी गरेका हुन्। असोजमा मात्रै यी कम्पनीहरुले २ लाख ४४ हजार ९७ वटा बीमा पोलिसि बिक्रि गरेर २ अर्ब ९६ करोड ७ लाख ९४ हजार संकलन गरेका छन्।
सबैभन्दा बढी हिस्सा मोटरबीमाको
समिक्षा अवधिमा मोटरबीमा तर्फका कुल ४ लाख १४ हजार २७५ बीमा पोलिसि बिक्रि भएका छन्। जुन कुल बिक्रि पोलिसिको ६० प्रतिशत हो। त्यस्तै रकमको आधारमा पनि मोटर बीमाको हिस्सा अग्र स्थानमा रहेको छ। मोटरबीमाबाट निर्जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिमा ३ अर्ब ३८ करोड ९९ लाख ३६ हजार रुपैयाँ संकलन गरेका छन्। जुन कुल बीमा शुल्क संकलनको ३१ प्रतिशत हो।
बागमती मै व्यवसाय केन्द्रित
बागमती प्रदेशमा मात्रै ३ लाख २९ हजार ६६५ पोलिसि बिक्रि भएका छन्। जुन कुल बिक्रि पोलिसिको ४७ प्रतिशत हो। त्यसैगरी बागमती प्रदेशबाटै ७ अर्ब ३२ करोड २१ लाख ९१ हजार संकलन भएको छ। जुन समिक्षा अवधिमा कुल संकलनको ६७ प्रतिशत हो।