
नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि “लिडर्स नाईट वीथ पारस खड्का" कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १९ देखी २१ गते सम्म काठमाण्डौ स्थित चन्द्रागिरी हिल्समा कार्यक्रम सम्पन्न गरेको हो।
कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग साक्षात्कार गराउने उदेश्य समेतले कार्यक्रम गरेको जनाएको छ । कम्पनीका अनुसार देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ । यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमका कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पु¥याउन आफ्नो तर्फबाट गरेको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव साटासाट गरेका थिए। साथै उनले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी संग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसंग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउदै सहभागि अभिकर्ताहरुलाई बधाई दिएका थिए ।