सन् नेपाल लाईफद्धारा बोनसदर घोषणा, कुन पोलिसिमा कति पाईन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 12:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ ÷७८ को बोनसदर सार्वजनीक गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७७÷२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत भएसँगै बोनसदर सार्वजनीक गरेको हो।

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरि सार्वजनीक गरेको छ। बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनु गने उक्त बोनसदर सार्वजनीक गरिएको हो। साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि सोही बोनसदर लागु हुनेछ। 

कुन बिमालेखमा कति पाईन्छ बोनस ?

सनलाइफ सावधिक जीवन बीमालेख

कम्पनीले यस बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोन पाईने भएको छ। कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजारमा ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम भएको छ ।

भाग्योदय जीवन बीमालेख 

कम्पनीको एकल भुक्तानी सावधिक अन्तर्गतको भाग्योदय जीवन बीमालेखमा न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय भएको छ। ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

बाल समृद्ध जीवन बीमालेख 

बाल सावधिक बिमाअन्तर्गतको बाल समृद्ध जीवन बीमालेखमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।


नवीन आजीवन जीवन बीमा 

सावाधिक तथा आजीवन बिमातर्फको आजीवन जीवन बीमामा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधि एक हजार पाँच सयमा प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु

सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु९धनलक्ष्मी बीमा योजना समेत)मा १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ बोनसदर कायम गरेको छ। १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ।

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २५ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved