बीमा कम्पनीबाट ऋण लिएर बैंकमा पैसा राख्नेहरु बढ्दै, नियन्त्रणका लागि ब्याज वृद्धिको अस्त्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 05:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक ब्याजदर बढेसँगै इन्स्योरेन्सबाट कर्जा लिएर बैंकमा निक्षेपको रुपमा राख्ने गरेको पाईएको छ। अभिकर्ता तथा ग्राहकले इन्स्योरेन्स कम्पनीबाट कम ब्याजदरमा कर्जा लिएर बैंकको बढ्दो ब्याजदरमा निक्षेप राखेका हुन्।

एक जिवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगरिदिन आग्रह गर्दै अभिकर्ताले यस्तो क्रम सुरु गरेको र अहिले बिमितले समेत बीमा कम्पनीबाट ऋण लिएर बैंकमा निक्षेप राखेको पाईएको बताए। ‘केही समय अगाडीदेखि कर्जा माग गर्ने अभिकर्ता बढेका थिए, बजार महँगिएर होला भन्ने सोचेका थियौँ।’ उनले भने, ‘पछिल्लो समय अलिक अस्वभाविक देखिएपछि यताबाट ऋण लिएर बैंकमा निक्षेप राखेको पाइयो।’  

सबैले यसरी गलत मनशायका साथ कर्जा नालोएको भए पनि केहिले भने बैंकमा राख्नैकै लागि कर्जा लिएको पाईएको उनले बताए। यस्ता ऋणीहरुले गर्दा बास्तविक रुपमै अप्ठारोमा परेर कर्जा माग गर्नेलाई गाह्रो हुने उनले बताए। यस्तो क्रय निरुत्साहित गर्न अहिले भने ब्याजदर बढाएको उनले बताए । 

‘भोली समयमा किस्ता तिर्न नसके घाटा कम्पनीलाई नै हो। त्यसैले बजारमा मूल्य वृद्धि भएको बेला हाम्रा ग्राहक बचाउँ भन्ने कम्पनीको पनि चाहना हुन्छ। त्यसैले अहिलेसम्म सधै अतिरिक्त नाफा खोज्नुहुन्न भनेर अधिकार पाउँदा पनि ब्याजदर बढाएनौँ। नत्र, बैंकले बढाउदासाथ हामीले पनि बढाउन सक्थ्यौँ। अहिले बाध्य भएर बढाएका छौ ’ उनले भने। अभिकर्ता तथा बिमितले यसको गलत फाइदा उठाएपछि बाध्य भएर ब्याजदर बढाएको र यसले निम्म वर्गिय ग्राहकलाई भने असहज पार्ने देखिएको उनले स्वीकार गरेका छन्।

जिवन बिमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले कानुनले दिएको अधिकार बमोजिम कम्पनीहरुले ब्याजदर परिमार्जन तथा समायोजन गर्न सक्ने बताए। ‘समितिको स्वीकृत लिएर कम्पनीले बीमालेख राखेको कर्जा दिँदा ब्याजदर निर्धारण गर्ने हो।’ उनले भने, ‘यति लिने भनेर निर्णय गर्नुभन्दा पनि बढीमा यतिसम्म लिउँ भन्ने सल्लाह गरेका हौँ।’ उनका अनुसार जिवन बीमा कम्पनीहरुले १२ प्रतिशतसम्म ब्याज लिन सक्नेछन्। 

अहिले प्राइम, ज्योति लाईफल ब्याजदर परिर्वतन गरि १२ प्रतिशत लिएको छ। ६ महिनामा नै ब्याज तिर्ने गरि कात्तिक १ गतेदेखि नै लागु भएको कम्पनीले जनाएका छन्। लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी नेपाल) ले बढाएर ११ प्रतिशत ब्याजदर कायम गरेको छ। रिलायन्स, महालक्ष्मी लाईफ लगायतका इन्स्योरेन्सहरुले पनि ब्याजदर बढाउने तयारी गरेका छन्। 

त्यस्तै नेपाल लाईफले केही समय अगाडी नै ब्याजदर बढाएको हो। कम्पनीले १० प्रतिशतबाट एकैपटक २० प्रतिशत बढाई १२ पु¥याएको हो। जसकारण कम्पनीका अभिकर्ताहरुले यसको विरोध गर्दै आएका छन्। 

जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ मा जीवन बीमालेख खरिद गरेका बीमितले उक्त बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था गरेको छ। कम्पनीहरुले वाणिज्य बैंकहरुले लिएको प्रचलित ब्याजदर बन्दा बढि नहुनेगरी लिन सक्ने व्यावस्था गरिएको छ। ‘बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्नेछ र ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृत लिई निर्धारण गर्नुपर्ने छ,’ निर्देशिकामा उल्लेख छ। 

निर्देशिका अनुसार बिमितले कम्पनीलाई तीन वर्षको बीमाशुल्क तिरिसकेपछि बीमालेख धितो राखेर कर्जा लिन सक्ने व्यवस्था छ। यता, एक एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा रकम सुरुमै बुझाएपनि कर्जा लिन तीन वर्ष कुर्नुपर्ने हुन्छ। ऋण रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटिमा हजार रुपैयाँ लिन सकिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved