
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुले पौने ३६ अर्ब बीमा शुल्क संकलन गरेका छन्। नेपालमा सञ्चालित एक सरकारी र १८ वटा निजि जिवन बीमा कम्पनीले असोज मसान्तसम्म कुल ३५ अर्ब ७७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन्।
यो अवधिमा कम्पनीहरुले प्रथम बीमाशुल्क मात्रै ७ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेका छन्। कम्पनीहरुले असोज महिनामा मात्रै २ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन्।
समिक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफले आर्जन गरको छ। तीन महिनामा कम्पनीले कुल १० अर्ब ४ करोड ८८ लाख संकलन गरेको हो। जसमा १ अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब ६९ करोड ६ लाख नविकरण शुल्क आजर्न गरेको छ। कम्पनीले असोज एक महिनामा मात्रै ४१ करोड ७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन रहेको छ। समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड ७४ लाख आर्जन गरेको छ। जसमध्ये ३ अर्ब ९९ करोड ११ लाख नविकरण शुल्क र ५२ करोड ६२ लाख प्रथम बीमा शुल्क रहेको छ।
तेस्रोमा नेशनल लाईफ रहेको छ। यो कम्पनीले ले ८४ करोड ९१ लाख प्रथम बीमा शुल्क र ३ अर्ब ५३ करोड ७६ लाख नविकरण शुल्क गरि कुल ४ अर्ब ३८ करोड ४ लाख आम्दानी गरेको छ।
अहिले कुल १ करोड ३८ लाख ८३ हजार २५६ वटा बीमालेख सक्रिय रहेको छन्। बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले असोजमा प्रथम बीमा शुल्क मात्रै २ अर्ब २७ करोड ९६ लाख रुपैयाँ बराबर संकलन गरेका छन्।
हेर्नुस् सूची: