कोरोना बीमाको दाबी भुक्तानी अझै अन्योलमा, तर प्राधिकरण भन्छ 'मंगलबारबाट पैसा दिन्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 08:56:23 AM मा प्रकाशित

नेपाल बीमा प्राधिकरणले कोरोना दाबी भुक्तानी बापतको रकम आगामी मंगलबारबाट वितरण सुरु हुने दाबी गरेको छ। प्राधिकरणले सबै तयारी सकिएको जनाउँदै मंसिर १३ गतेदेखि भुक्तानी सुरु हुने दाबी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल पुर्नबीमा कम्पनीले पनि दायित्व वहन गर्ने गरी रकम भुक्तानी गर्ने तयारी भएको बताए। ‘आगामी मंगलबारदेखि कोरोना बीमा दाबी भुक्तानी हुन्छ।’ प्रवक्ता समेत रहेका पौडेलले भने, ‘नेपाल रिले पनि भुक्तानी गर्छ। गर्दिन भन्न मिल्दैन।’

यद्यपी नेपाल पुर्नबीमा कम्पनी भने रकम निकासा गर्ने पक्षमा छैन। नेपाल रिका सञ्चालक समितिका अध्यक्ष रबिन्द्र घिमिरे कम्पनीको दायित्व पुरा भईसकेकोले कोरोना बीमा दाबी भुक्तानीको लागि थप पैसा दिन नसकिने बताउछन् । अर्थमन्त्रालयको आधिकारीक पत्र आएमा थप रकम दिन सकिने उनको भनाई छ। पत्र आएपछि छलफलमा गएर के कसरी निर्णय हुन्छ सोही अनुसार अगाडी बढ्ने उनी बताउँछन्।

‘हामीलाई प्राधिकरणको निर्देशन बाहेक अरु केही आएको छैन। यहि निर्देशनमा टेकेर रकम निकासा गर्न मिल्दैन।’ उनले भने, ‘हामीले दिदैँ दिदैनौँ भन्ने पनि हैन। अर्थमन्त्रालयसँग छलफल गर्नुपर्ने हुन्छ। सरकारले देऊ भने मुठि कस्ने अधिकार पनि हामीलाई हुन्न। तर, कम्पनीको आर्थिक अवस्था पनि त्यत्ति धेरै रकम निकासा गर्न सक्ने छैन।’

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved