बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई दियो लघुबीमाको लाईसेन्स (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 04:44:06 PM मा प्रकाशित

नेपाल बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबीमाको लाईसेन्स दिने निर्णय गरेको छ । प्राधिकरणले जीवन बीमा तर्फ ३ र निर्जीवन बीमा  तर्फ ४ गरि कुल ७ कम्पनीलाई लाईसेन्स दिने निर्णय गरेको हो।

लघुबीमाको लागि ३१ वटा कम्पनीले आवेदन दिएकोमा कम्पनीले आवेदन माग गर्दा उल्लेख गरेकै अनुसार ७ कम्पनीलाई लाईसेन्स दिने निर्णय गरेको हो  । यी ७ कम्पनीको मुख्य कार्यालय छुट्टाछुट्टै प्रदेशमा रहने छ ।

आवेदन दिएकाहरु मध्येबाट मूल्याङ्कन हुँदा तपसिल बमोजिमका प्रस्तावहरूलाई छनौट गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।


लघु जीवन बीमा व्यवसाय तर्फ छनौट भएका प्रस्तावहरूः
१) गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लि.,
२) क्रेष्ट माइको लाईफ इन्स्योरेन्स लि
३) लिबर्टी माइको लाईफ इन्स्योरेन्स लि.


लघु निर्जीवन बीमा व्यवसाय तर्फ छनौट भएका प्रस्तावहरू
१) ट्रष्ट माइक्रो इन्स्योरेन्स क. लि.

२) नेपाल माइक्रो इन्स्योरेन्स क. लि

३) स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि.

४) प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved