यस्तो छ बीमा अभिकर्ता बन्न दिनु पर्ने परीक्षाको पाठ्यक्रम, १३ वटा 'च्याप्टर' समावेश

भीमा पन्थी/बिजपाटी

भीमा पन्थी/बिजपाटी

Nov 27, 2022 | 07:00:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा प्राधिकरणले बीमा अभिकर्ताले लाईसेन्स पाउँनको लागि दिनु पर्ने परीक्षाको पाठ्यक्रम तयार पारेको छ। बीमा अभिकर्ताको परीक्षा कम्पनीहरु आफैले लिनु पर्ने छ । 

पाठ्यक्रममा प्राधिकरणले १३ इकाई समावेश गरेको छ ।  त्यसभित्रबाट वस्तुगत प्रश्न कम्पनीले बनाउनु पर्ने छ। उक्त पाठ्यक्रम भित्रबाट वस्तुगत ५० वटा २ अंकभारका प्रश्न बनाउनु पर्ने छ। जसमा अभिकर्ता बन्न चाहने व्यक्तिले परीक्षा दिंदा ५० अंक ल्याउनु पर्ने छ। 

जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षाको पाठ्यक्रम यसप्रकार रहेको छ, 

ईकाई १–जोखिम र जोखिम व्यावस्थापन

जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमायोग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनको तरीका

ईकाई २–बीमाको परिचय

बीमा, जीवन र निर्जीवन बीमा बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र संभाव्यता

ईकाई ३–बीमा अभिकर्ता

बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमक तथा बीमित प्रतिको दायित्व, बीमकको बीमा अभिकर्ता प्रतिको दायित्व, बिमा अभिकर्ता बन्ने तरिका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी 

इकाई–४ बीमाको सिद्धान्त

परम सद्धविस्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपुर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशिक वा पूर्ण रुपमा लागु हुने बीमाका सिद्धान्त

ईकाई–५ बीमालेख

परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामूहिक बीमा, पुरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा बीमाशुल्क गणना तालिका

ईकाई ६–जीवन बीमा सम्बन्धी कागजात

प्रस्ताव फाराम, केवाईसी फारम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मुल कागज, सम्पुष्टि, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमलेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात

ईकाई–७ बीमाशुल्क र बोनस

बीमाशुल्क र बीमाशुल्क गढाना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मुल्य गणना, समपर्ण मूल्य र समपर्ण मूल्य गणना, बीमालेखको धितोमा लिईने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका

इकाई ८–जोखिमाङ्कन

परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको बर्गीकरण, प्रारम्भिक जोखिमाङ्कन, बीत्तिय र मेडीकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङकन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट 

इकाई ९–दाबी

परिचय, दाबी पक्रिया, दाबी सम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीमा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्क दाबी, सर्भालभल दाबी, राइडर (पुरक करार) दाबी

इकाई १०–जीवन बीमाको बजारीकरण

अभिकर्ताको पेशा, ग्राहक सेवा, बीमाअभिलेख विक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाक बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसका चुनौति, बीमालेखको गलत विक्री(मिससेलिङ), सर्वसाधारण प्रति बीमा अभिकर्ताको दायित्व, 

इर्काइ ११–बीमा अभिकर्ता र कर

जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिक र उक्त पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र

ईकाई १२– बीमा सम्बन्धि कानुनी व्यवस्था

बीमा ऐन, २०७९ बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचार संहिता, सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन, २०६४ का बीमा सम्बन्धी प्रावधान, नेपाल बीमा प्राधिकरणबाट जारी भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका, बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था

इकाई १३–बीमा बजार

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सुचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा कोष

यस अघि : बीमा अभिकर्ताको परीक्षा कम्पनीले नै लिन पाउने, ५० अंक आए पास


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved