कोरोना बीमाको दाबी भुक्तानी मंगलबारबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 06:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमाको दाबी भुक्तानी भोलि (मंगलबार) देखि हुने भएको छ। नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघले आफ्नो दायित्व बराबरको रकम भोलीदेखि वितरण गर्ने नेपाल बीमक संघका अध्यक्ष चंक क्षेत्रीले बताए।

उनका अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब २७ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानीको लागि बिमा पुलमा जम्मा गरेर राखिएको छ।

कोरोना कालमा बीमा सुरु गर्दाको बखत सरकारको दायित्व बराबरको रकम निकासा नहुँदा लामो समयदेखि दाबी भुक्तानी रोकिएको थियो। कम्पनीको प्रतिनिधित्व गर्दै प्राधिकरणले पटक पटक ताकेता गर्दापनि सरकारले रकम निकासा गरेको थिएन। पछिल्लो पटक सरकारले तिर्नु पर्ने दायित्व बराबरको रकममध्येबाट ४५ प्रतिशत बीमा प्राधिकरण मातहत अर्थात निर्जीवन बिमा कम्पनी र निर्जिवन बिमा कम्पनीले तिर्ने गरी प्राधिकरणले अर्थमन्त्रालय समक्ष प्रस्ताव ग¥यो। सोही अनुसार एकैपटक सबै रकम निकासा गर्न नसकिने बताउँदै सरकारले गत असोज तेस्रो साता १ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो।

मन्त्रालयले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मान्दा हुन आउने रकममा सत प्रतिशत हुन आउने गरी दायित्व निर्जीबन, नेपाल पुनर्बीमा कम्पनी र प्राधिकरणको दायित्वमा पारेको थियो। उक्त १ अर्बको ८ प्रतिशतले हुन आउने १४ करोड ५४ लाख रूपैयाँ प्राधिकरणले उपलब्ध गराइसकेको छ। निर्जीवन बीमा कम्पनीहरूले २५ प्रतिशत (४५ करोड ४५ लाख) रूपैयाँ दिने तयारीमा छन्।

नेपाल पुनर्बीमा कम्पनीले अतिरिक्त अर्थात प्राधिकरणको मोडालिटि अनुसार दिनुपर्ने १२ प्रतिशतले हुन आउने २१ करोड ८१ लाख रुपैयाँ दिन नसकिने जनाएको छ । आफ्नो भागको दायित्व बाँकि नरहेकोले थप रकम दिन नसक्ने पुनर्बीमा कम्पनीले जनाएको हो । 

  त्यो बाहेकको रकमबाट मंगलबारदेखि दाबी भुक्तानी सुरु हुने भएको हो।  नेपाल पुनर्बीमाले भुक्तानी गर्नु पर्ने रकम आए पछि पुनः वितरण कार्य आरम्भ गरिने संघले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved