नेशनल लाईफको बीमा सचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 06:37:42 PM मा प्रकाशित

laxmi sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दुई दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। सुदुरपश्चिम प्रदेशको बझाङमा कम्पनीले उक्त कार्यक्रम गरेको हो। 

कम्पनीका अनुसार मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मा.वि. र बझाङको झोता स्थित भैरव मा.वि.का शिक्षक तथा विद्यार्थीहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो। बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति अनुरुप कम्पनीले कार्यक्रम गरेको जनाएको छ। सचेतना कार्यक्रमका साथसाथै कम्पनीकै आयोजनामा मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिका स्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम समेत सञ्चालन भएको थियो।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीले निरन्तर सचेतना कार्यक्रम दिँदै आएको र आवश्यकता अनुसार आगामी दिनमा पनि दिने बताए। त्यस्तै कम्पनीका मार्केटिङ्ग विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको वारेमा जानकारी गराएका छन्।

साथै उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरुको .१ लाखको म्यादि जीवन बीमा गरेको कम्पनीले जानाएको छ। शिक्षकहरुलाई सिईओ खत्रिले बीमालेख हस्तान्तरण गरेका थिए। 

यसै गरी भैरव मा.वि. मा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई सिएसआर अन्तर्गत आर्थिक सहयोग स्वरुप २५हजार पनि कम्पनीले प्रदान गरेको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved