वैदेशिक रोजगार बीमाको दाबी भुक्तानी दिन ‘ब्ल्याकमेल’ गर्दै बीमा कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 02:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारी बीमाको दाबी भुक्तानीमा कम्पनीहरुले ‘ब्ल्याकमेलिङ’ गरेको पाईएको छ। दाबी भुक्तानीमा कम्पनीहरुले ब्ल्याकमेलिङ गरेको गुनासाहरु अत्याधिक आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस बारे नेपाल बीमा प्राधिकरणलाई प्रत्राचार गरेको हो। 

दाबी भुक्तानी गर्दा हकवालालाई करकापमा पारी परिवारका अन्य सदस्यको बीमा गर्न दबाब दिने तथा बीमा नगराएमा भुक्तानी नै रोकिदिने गरेका गुनासा आएपछि श्रम मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको हो। 

सोही अनुसार प्राधिकरणले पनि जीवन बीमा कम्पनीहरुलाई त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ ।  प्राधिकरणले कम्पनीहरुलाई पत्र पठाउँदै यस विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता कार्य नगरी अब उपरान्त बीमितलाई सहज हुने गरी दाबी भुक्तानी दिनको लागि निर्देशन दिएको हो । 

 ‘म्यादी जीवन बीमाको दावी भुक्तानी गर्दा बीमितको हकवाला परिवारको सदस्यहरुलाई करकापमा पारी बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरेपश्चात मात्रै दावी भुक्तानी दिने गरेको भन्ने गुनासो प्राप्त भएको, साथै सो सम्बन्धमा यस अघिपनि बीमा प्राधिकरणमा समेत छलफल भै यस्तो नगर्न निर्देशित गरिएको छ।’ प्राधिकरणले पठाएको पत्रमा भनिएको छ, ‘बीमितले बीमा गरे वापत्को क्षतिपुर्ति रकम सरल तरीकाले भुक्तानी नगर्दा बीमितलाई पर्न गएको असुविधा र बीमा विस्वशनियतामा पर्न जाने प्रतिकुल असर सम्बन्धमा बीमा प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएकोले अब उपरान्त बीमितलाई असहज हुने गरी दाबी भुक्तानी भएको पाईएमा बीमा ऐन २०७९ बमोजिम कारबाहि गरिने छ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved