बीमा कलेजमा ५० प्रतिशत लगानी नेपाल पुनर्बीमा कम्पनीको, यस्तो हुनेछ संरचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 08:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बीमा कलेज स्थापनाको प्रक्रिया अगाडी बढेको छ। चालु आर्थिक वर्षको बजेटमा बीमा कलेज स्थापना गर्ने उल्लेख भए बमोजिम अर्थ मन्त्रालयले अवधारणा पत्र तयार पारेको हो। 

बीमालाई प्रभावकारी बनाउने तथा समग्र बीमा विकासको परिकल्पना गरेको बीमा कलेजबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको छ। सोही अनुसार बीमा कलेजको मोडल, कसरी स्थापना गर्ने, कस्तो स्थापना गर्ने, के बस्ता विषयवस्तु समावेश गर्ने,  के कसरी पठनपाठन गर्ने, कसरी सञ्चालन गर्ने जस्तो कुराहरु समेटेर अवधारणा पत्र बनाईएको हो। 

विश्वमा नै बीमाको लागि दक्ष जनशक्ति उत्पादनका लागि कलेज बीमा एकेडेमी, बीमा इन्स्टिच्युट जस्ता संस्थाहरु संचालनमा छन्। तर नेपालको सन्दर्भमा भने बीमाको बास्तविक मुल्यमान्यता नै जोखिममा रहेको छ। विश्वविद्यालयहरुले २÷४ वटा बीमा सम्बन्धी कार्षहरु अध्यापन गराएपनि बजारको माग पुन हुन नसकेको उक्त अवधारणा पत्रमा उल्लेख छ। 

 अभिकर्ता तथा सर्भेयरदेखि नियमनकारी निकायलाई सहज होस भन्ने उद्देश्यले बीमा कलेजको अवधारणा ल्याईएको हो। दक्ष जनशक्ति, कार्यसम्पादनमा सहज, प्रभावकारी नियमन सहज सेवा, सुशासन जस्ता कुराहरु बीमा कलेजले स्थापित गर्ने विश्वास गरिएको छ। 

कलेजको मोडल

यो कलेज स्थापनाका लागि नेपाल सरकार तथा बीमा प्राधिकरणको निर्देशनमा नेपालको कुनै एक विश्वविद्यालयबाट कायर्यक्रम सम्बन्धन लिनु पर्ने छ। हाल पोखरा विश्वविद्यालयले बीमा सम्बन्धि कोषहरु अध्ययपन गराउँदै आएको हुँदा सोही विश्वविद्यालयबाटै सम्बन्धन लिदा प्रभावकारी हुने अवधारणा पत्रमा उल्लेख गरिएको छ। 

यसमा ७ जनाको सञ्चालक समिति रहने छ। समितिको अध्यक्ष सञ्चालक समितिबाट छनोट हुने छ। सञ्चालकमा बीमा प्राधिकरणबाट १ जना, कम्पनी ऐन अनुसार स्वतन्त्र तथा विज्ञ एकजना, कलेजको प्राचार्य पदेन १ जना र संस्थापक शेयरधनीहरुबाट १ जनासहित ४ जना रहने छन्। साथै सञ्चालक तथा अध्यक्षको लागि उपयुक्त योग्यताको सिमा निर्धारण गरिएको छ।

त्यसैगरी कलेजमा प्राज्ञिक परिषद्, परिक्षा समिति, सहायक प्राचार्य, परीक्षा नियन्त्रक, पाठ्यक्रम निर्देशक, विद्यार्थी कल्याण निर्देशक, विभागीय प्रमुखहरु रहने छ। 

  शैक्षिक कार्यक्रमहरु

सुरुमा एकेडमीले एक वर्षे डिप्लोमा प्रोफेशनल कार्यक्रम आफैले तयार पारेर संचालन गर्ने छ। सुरुको पहिलो ६ महिनामा ५ विषयहरु पढाईने छ भने दोश्रो ६ महिनामा २ वटा कोर्षहरु अनिवार्य हुने गरी ३ वटा कोर्षहरु उपलब्ध गराईने छ। विद्यार्थीहरुले यसको लािग ३ महिनाको इतर्नसिपका साथै एक विषयमा अनुसन्धानमुलक प्रतिवेदन तयार गरी सेमिनारमा प्रस्तुत गर्नुपर्ने छ। 

उक्त एक वर्षे कोर्ष सकिएपछि माग र आवश्यकता अनुसार स्नातककोक्त तहको कोर्ष विश्वविद्यालयको स्वीकृतिमा र बिभिन्न विषयमा ३ महिना वा ६ महिनाका अल्पकालिन कोर्षहरु बीमा प्राधिकरणको स्वीकृतिमा अध्यापन गर्न सकिनेछ। 

पुजीँगत संरचना   

अवधारणा पत्रमा उल्लेख भएअनुसार बीमा कलेज नीजि क्षेत्रको पहलमा स्थापना हुने छ। तर, यसको नेतृत्व नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ। नेपाल सरकारको अधिक सेयर भएको पुनर्बिमा कम्पनीको नै कलेजमा पनि धेरै सेयर रहने छ। 

कम्पनीको मोडेलमा स्थापना हुने, मुनाफा कमाउने तर मुनाफा वितरण नगर्ने गरी नेपाल री, अन्य बीमा कम्पनीहरु र नीजि क्षेत्रका लगानीकर्ताबाट पुजीँको व्यावस्थापन गरिने छ। यसले हरेक वर्ष हजारौँको संख्यामा विद्यार्थीहरुलाई अध्यापन गराउने, परीक्षा लिने, र प्रमाणपत्र जारी गर्ने कार्यक्षेत्र भएकाले यसलाई प¥याप्त पुजीँकरण पनि गरिने छ। सुरुवातमा १० करोड बराबरको पुजीँ ब्यबस्था गर्ने, उक्त रकममध्ये ५० प्रतिशत अर्थात ५ करोड नेपाल पुनर्बीमा कम्पनीले राख्ने छ। कलेजको वृद्धिसँगै पूजीँकोषमा पनि वृद्धि गर्दै लैजाने अवधारणा पत्रमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved