५ बीमा कम्पनीलाई आईपिओ निष्काशनको निर्देशन, प्राधिकरण अध्यक्ष भन्छन् 'पेलेर अघि बढें'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 06:08:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले दोस्रो बजारमा नआएका बीमा कम्पनीलाई साधरण सेयर ‘आइपिओ’ जारी गर्न निर्देशन दिएको छ। प्राधिकरणले ५ वटा कम्पनीलाई आईपिओ जारी गर्ने प्रयोजनका लागि स्वीकृति लिन आउन निर्देशन दिएको हो।

प्राधिकरणले सिटिजन लाईफ, रिलायबल लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र महालक्ष्मी लाईफलाई आईपिओ जारी गर्न निर्देशन दिएको हो।कतिपय कम्पनी बजार कुरेर बस्ने र कतिपयले प्राधिकरणलाई नै पेलेर काम अगाडी बढेपछि आईपीओ जारी गर्न निर्देशन दिएको प्राधिकरणका अध्यक्ष सूर्य शिलवालले बताए।

‘कति कम्पनी स्थापना भएको ५ वर्ष भयो अझै कानुनत सर्वसाधरणलाई दिनुपर्ने शेयर नदिएर बसेका छन्। कतिपयले प्राधिकरणबाट स्वीकृति नलिई हामीलाई बाईपास गरेर सिधै धितोपत्र बोर्डमा आइपिओ जारी गर्न अनुमति माग गर्दै आवेदन दिएका छन्।’ अध्यक्ष शिलवालले भने, ‘ऐन कानुनको मर्म बुझेर सोही अनुसार दोस्रो बजारमा आउनको लागि अनुमति माग गर्नुस् भनेर निर्देशन दिएका हौँ।’

कानुनत बिमा कम्पनीहरुले ३० प्रतिशत शेयर अनिवार्य सर्वसाधरणलाई जारी गर्नुपर्ने व्यवस्था छ। जसमा ५ प्रतिशत कर्मचारीका लागि छुट्टाउन सक्ने व्यवस्था पनि छ।  निष्काशन गर्ने शेयर बढीमा ४९ प्रतिशत स्वामित्व सर्वसाधरणको हुने गरि निष्काशन गर्न सक्छन् अर्थात शेयर संरचना कम्तिमा ५१ प्रतिशत संस्थापक समूहको हुनुपर्ने व्यवस्था छ। साथै कम्पनीहरुले स्थापना भएको १ वर्षपछि शेयर निष्काशन गर्न सक्छ्न्। तर यति समय भित्रमा गर्नुपर्छ भन्ने कुनै बाध्यात्मक व्यवस्था भने छैन।

कानुन अनुसार यतिवर्ष भित्रै सर्वसाधरणलाई सेयर दिनुपर्छ भन्ने नभएपनि कानुनको मर्म बुझेर कम्पनीले न्युनतम ३० प्रतिशत शेयर समयमै जारी गर्नुपर्ने अध्यक्ष शिलवालको भनाई छ।

त्यस्तै कतिपय कम्पनीले भने प्राधिकरणको अनुमति नलिई धितोपत्र बोर्डमा शेयर जारी गर्न अनुमति माग गरेकोमा प्राधिकरणले आपत्ति जनाएको बुझिएको छ। ‘केही कम्पनी धितोपत्र बोर्डमा शेयर जारीगर्ने अनुमति माग गर्न पुगेका छन्। नियामकलाई थाहा नै छैन।’ उनले प्रश्न तेर्साउँदै भने, ‘पहिला प्राधिकरणको अनुमति लिएर मात्रै सेबोन जानु पर्दैन? नियामक निकायलाई बाईपास गर्न पाईन्छ?’

बीमा ऐन–२०७९ को दफा ५ उपदफा १ मा ‘बीमकले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अघि प्रचलित कानून बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराएको विवरण पत्र प्राधिकरण समक्ष पेस गर्नु पर्ने छ’ उल्लेख छ। यद्यपी अध्यक्षले भने सेबोनमा पुग्नु भन्दा पहिला प्राधिकरणको स्वीकृत लिनुपर्ने जिकिर गरे।

धितोपत्र बोर्डका अनुसार उक्त पाँच कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै शेयर निष्काशनका लागि आवेदन दिएका छन्। रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न आवेदन दिएको छ। कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको हो ।

तस्तै आईएमई लाईफले पनि सय रुपैयाँ अंकित दरमा ६० लाख कित्ता सेयर निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियममा निष्काशन गर्ने प्रस्ताव पछिल्लो वार्षिक साधारण सभाबाट पारित गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्सल र महालक्ष्मी लाईफ इन्स्योरेन्सले पनि शेयर निष्काशनको तयारीमा रहेको जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved