
निर्जीबन बीमाको अधिकतम व्यवसाय मोटर बीमामा सिमित छ। चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म आइपुग्दा बीमालेख(पोलिसी) लाई आधार मान्ने हो ६२ प्रतिशत हिस्सा मोटर बीमाको छ।
बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार कार्तिक मसान्तसम्म १३ अर्ब ३५ करोड ८५ लाख ८१ हजार रुपैयाँ बराबरका ९ लाख १९ हजार १३८ बीमा पोलिसि जारी भएका छन्। त्यसमध्ये मोटर बीमा अन्तर्गत रहने सवारी साधनको लागि बीमाको लागि जारी गरिएका पोलिसि मात्रै ४ अर्ब ४४ करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरका ५ लाख ७३ हजार ३५ वटा रहेका छन्। जुन कुल जारी पोलिसि संख्याको ६२.३४ प्रतिशत हो।
मोटर बीमा पछि सम्पत्ति बीमाको हिस्सा दोस्रो स्थानमा छ। समिक्षा अवधिमा २ अर्ब ८७ करोड १२ लाख ८९ रुपैयाँ बराबरका १ लाख ६३ हजार २५६ वटा सम्पत्ति बीमालेख जारी भएका छन्।
यसैगरी सामुन्द्रिक बीमा ७४ करोड ६० लाख ५१ हजार रुपैयाँ बराबरका ४६ हजार ७८६ पोलिसि जारी भएका छन्। हवाई बीमा अन्तर्गत ६६ करोड १७ लाख रुपैयाँ बराबरका ४९, इन्जीनियरिङ तर्फका २ अर्ब २१ करोड ९४ लाख ११ हजार रुपैयाँका ७ हजार १५६, कृषि तथा बाली अन्र्तगतका ६९ करोड ९८ लाख ७३ हजार रुपैयाँ बराबरका ५७ हजार ४३० बीमालेख जारी भएका छन्।
त्यस्तै समिक्षा अवधिमा लघुतर्फ २ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरका १२ हजार ४२२ र विविद्य तर्फ १ अर्ब ६७ करोड ६३ लाख ८० हजार रुपैयाँ बराबरका ६० हजार बीमालेख जारी भएका छन्।