जीवन बीमा कम्पनीहरु नविकरणको आम्दानी मै निर्भर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 06:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरु नविकरणको आम्दानीमा निर्भर देखिएका छन्। चालु आर्थिक वर्षको कार्तिक महिनासम्म आउँदा कम्पनीहरुको प्रमुख आम्दानीको स्रोत ‘बिमा शुल्क’मा ८० प्रतिशत हिस्सा नविकरणको रहेको छ। 

कार्तिक महिनाको मसान्तसम्म आउँदा नेपालमा सञ्चालित १९ जीबन बीमा कम्पनीले कुल ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। जसमा ३६ अर्ब ८९ करोड ४२ लाख ८३ हजार नविकरणबाट प्राप्त बीमा शुल्क हो। अर्थात यो रकम कुल बिमा शुल्कको ८०.१९ प्रतिशत हो। 

समिक्षा अवधिमा ९ अर्ब ११ करोड ७२ लाख ५५ हजार रुपैयाँ मात्रै प्रथम बिमा शुल्क प्राप्त भएको छ। जुन कुल बिमा शुल्कको १९ प्रतिशत हो। 

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले भने नयाँ व्यावसायमा तलमाथि हुनुलाई सामान्य रुपमा नै लिएको पाईन्छ। प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ व्यावसाय भन्दा पनि पोलिसि त्याग र व्यतितलाई कम गर्नुपर्नेमा प्राधिकरणले विशेष चासो देखाएको बताउँछन्। प्राधिकरण अध्यक्ष सूर्य शिलवालले पनि पटक पटक कम्पनीहरुलाई नयाँ व्यावसायमा मात्रै दौडधुप नगर्न र आएका व्यवसायलाई प्रभावकारी बनाउन आग्रह गर्दै आएका छन्। 

अध्यक्ष शिलवालले केही समय अगाडी राजधानिको एक सार्वजनीक कार्यक्रममा नै कम्पनीहरुलाई ‘बरु नयाँ व्यावसाय कम गर्नुस् तर व्यतित र अस्वभाविक पोलिसि त्यागलाई कम गर्नुस्।’ भनेका थिए।  यद्यपी विगतका वर्षहरु देखि नै जीवन बीमा कम्पनीहरुको आम्दानीको मुख्य र ठुलो स्रोत नै नविकरण रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved