नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2023 | 09:12:41 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले अन्तराष्ट्रिय प्रशिक्षकद्धारा आफ्ना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षण दिएको छ। नेपाल लाइफले भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारद्वारा प्रशिक्षण दिएको हो। 

एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा देशभरबाट ८०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए। 

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यबाद ज्ञापन गर्दै नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताए।

२०७९ असोज मसान्तसम्ममा नेपाल लाइफको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरेको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved