नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२३ समारोह सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 06:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह सम्पन्न गरेको छ।

वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म रू ३७ लाख ९२ हजार ३ सय प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई कम्पनीले सम्मान गरेको हो।

कार्यक्रमको उद्घाटन इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली भने नेपाल भित्र नभएको कारण भर्चुअल रुपमा उपस्थित भएका थिए।

आफ्नो भिडियो संदेशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता  रहेको र  उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए।

अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुली बताए।

कार्यक्रम नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पुर्णिमा श्रेष्ठको विशेष अतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्ति आफु संगै प्रतिस्पर्धा गर्नु पर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने कुरा बताएकी थिईन्। 

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १ खबै ४९ अबै ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा २ लाख १२ हजार ३ सय ६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

यसका साथसाथै कम्पनीले हालसम्म १ खर्ब ९७ अर्ब १८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४ हजार २० वटा बीमालेख जारी गरिएको छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved