प्रभु र अजोड इन्स्योरेन्सको मर्जर भाँडियो, रातारात अजोड र युनाईटेडबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 10:19:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु र अजोड इन्स्योरेन्स कम्पनी विचको मर्जर भाडिएको छ। मर्जरको प्रारम्भिक सम्झौता भईसकेका दुई कम्पनीका सञ्चालकहरुबीच कुरा नमिलेपछि मंगलबार डिमर्जरको सम्झौता भएको हो। दुई कम्पनीका सञ्चालकहरुबीच भएको डिमर्जरको पत्र लगेर बीमा प्राधिकरण पुगेपछि सहमतिसमेत पाईसकेका छन्।

एक हुन सक्दैनौँ भनेर आएपछि सहमति जनाईदिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ‘स्वाप रेसियो, नाम र मर्जरपछिको कम्पनीमा रहने सञ्चालकको विषयमा असहमति भएपछि डिमर्जरको लागि पत्र लिएर आउनुभएको थियो।’ पौडेलले भने, ‘हामीले जबरजस्ती गर्ने कुरा भएन, अनुमति दियौँ।’

यता मर्जर तोडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता समेत गरिसकेको छ। डिमर्जरको सम्झौता भएको केहि घण्टा मै अजोड र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता भएको हो । मंगलबार राति अबेर अजोड र युनाईटेडबीच मर्जर सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा युनाइटेडबाट अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडबाट अध्यक्षको आजाद क्षेष्ठको उपस्थितिमा वार्ता टोलिका प्रमुखहरुले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार डिडिएको आधारमा स्वाप रेसियो तय गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved