कुन निर्जीवन कम्पनीले साधारणसभा गरे, कुनको बाँकी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 05:58:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबारसम्म ७ वटा निर्जीवन बीमा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७८/७९ को साभारणसभा सम्पन्न गरेका छन्। आज सिद्धार्थ र प्रिमियम इन्स्योरेन्स कम्पनीले साधारणसभा गरेका हुन्।

आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा साधारणसभा गरिसक्नुपर्ने ब्यबस्था छ। तर, धेरै जसो बीमा कम्पनीहरु बिभिन्न बाहानामा बीमा प्राधिकरणलाई रुझाएर ढिला गर्दै आएका छन्।

हाल कतिपय कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष (आ.व.२०७७/७८) को साधारणसभा गरिरहेका छन् । केहिले गत आर्थिक वर्ष(आ.व.२०७८÷७९) को मुनाफाबाट लाभांश घोषणा समेत गरेका छन्। तर साधारणसभा मिति भने तय गरेका छैनन्। हिमालयन एभरेष्ट, प्रुडेन्सियल, सगरमाथा, प्रभु, एनएलजी, लुम्बिनी र सानिमा जनरलको गत आर्थिक वर्षको मात्रै साधारणसभा गर्न बाँकी रहेको छ। शिखर, ओरियन्टल, नेशनल र राष्ट्रिय बीमा कम्पनीको अघिल्लो आर्थिक वर्षहरुको समेत साधारणसभा गरेका छैनन्।

हाल नेपालमा १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। चालु आर्थिक वर्षको पहिलो दिन अर्थात साउन १ गतेदेखि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभिएर एकिकृत कारोबार सुरु गरेका छन्। सानिमा जनरल इन्स्योरेनस र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर कार्तिक ७ गतेदेखि एकिकृत कारोबार गरेसँगै नेपालमा निर्जीवन बीमा कम्पनीको संख्या १८ कायम भएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved