इन्स्योरेन्समा ‘बिग मर्जर’: प्राईम, युनियन र गुराँस लाईफले गरे मर्जरको अन्तिम सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 05:38:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम, युनियन, र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा जाने पक्का भएको छ । यी तीन इन्स्योरेन्स कम्पनीबीच आज बराबरी हैसितमा मर्जरान जाने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा युनियन लाइफको तर्फबाट अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरन्स कम्पनी लिमिडेड’ राख्ने सहमति भएको छ। 

गत बैशाख २९ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका तीन वटै कम्पनीका अध्यक्षहरुले डिडिए प्रतिवेदन पश्चात आज अर्को अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । गत बैशाखमै प्रारम्भिक सहमति भएपनि गुराँस लाइफको लेखापरीक्षण प्रतिवेदनमा ढिलाइ हुँदा प्रक्रिया अगाडी बढ्न ढिला भएको थियो ।

डिडिए प्रतिवेदन टुङ्गाएर तीन वटै कम्पनीले १ः१ः१ को अनुपातमा मर्जर गर्ने गरी स्वाप रेसियो तय गरेका हुन् । मर्जर पछि बन्ने हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा हाल युनियन लाइफमा सीईओ रहेका मनोजलाल कर्ण रहने सहमति भएको छ। 

बाँकी कम्पनीका सीईओहरु गुराँसका विपिललाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

त्यस्तै सञ्चालक समितिको अध्यक्षमा पनि युनियनकै सुलभ अग्रवाल रहने सहमति भएको छ। केन्द्रीय कार्यालय भने नक्सालमा रहनेछ । 

मर्जर पछि कम्पनीको चुक्ता पुजीँ ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । अब तीन वटै कम्पनीले आ–आफनो वार्षिक साधारणसभामा मर्जरको विशेष प्रस्ताव लैजानेछन् । साधारणसभाबाट शेयरधनीले मर्जरको अन्तिम सहमति प्रदान गरेसँगै आवश्क प्रकृयाँ अगाडी बढाउने बताइएको छ । आउँदो चैत भित्रै एकिकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको एक सञ्चालकले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved